काठमाडाैं, भदाै १६ः बुधबार कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत His Excellency Mr. Hanan Goder बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।