काठमाडौँ, साउन १९: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि संसदीय सुनुवाइ समितिबाट अस्विकार भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिमा प्रतिपक्षले बहिष्कार गरेपछि अस्वीकार भएका जोशी बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
पूर्वप्रधानन्यायाधीश एवं न्यायक्षेत्रका विज्ञ लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा नदिने अडानमा छन्।
सञ्चार विज्ञ पौडेलका अनुसार कामु प्रधानन्यायाधीश जोशीले शनिबार राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराएका छन्। जोशी भोली देखि बिदामा बसेपछि अब सर्वोच्चको पेसी वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले तोक्नेछन्।