काममा एकरुपता ल्याउन तालिम संचालन

रिपोर्ट नेपाल | 2019 Apr 01 | 09:19 pm 1879

गुल्मी , चैत १८ :  गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पका कारण घरबार विहिन भएका भुकम्प पीडितहरुका लागि आवास निर्माण गर्न सरकारले तीन लाख रुपैँया दिने निर्णण गरेसंगै लाभग्राहीहरुको सुचिमा पर्ने पीडितहरुमा एकरुपता ल्याउनका लागि तालिम दिइएको छ ।

पहुँचका आधारमा लाभग्राहीहरुको सुचिमा परेको गुनासो आइराखेका बेलामा स्थानीय तहमा खटिने सर्वेक्षकहरुलाई दुई दिने तालिम दिइएको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा पुर्वाधार कार्यलय गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा खटिएका सर्वेक्षकहरुलाई सबै स्थानीय तहको कार्यमा एकरुपता ल्याउनका लागि तालिम आयोजना गरिएको कार्यलय प्रमुख इन्जिनियर पारस पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार छुट तथा पुनः जाँच सर्वेक्षण कार्यमा खटिने सर्वेक्षकहरुलाई वास्तविक भुकम्प पीडितहरु छुटेको हुँदा र गुनासोहरुलाई एकै साथ सम्बोधन गरिने भएकाले कार्यमा एकरुपताका साथ लाग्न र कसैको दबाममा नपरि कार्य गर्नका लागि तालिम दिईएको जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यमा खटिने सर्वेक्षकहरुका लागि सुरक्षामा कुनै समस्या नहुने भन्दै कार्यमा लाग्न निर्देशन दिएका थिए । पौडेलले २०७२ सालमा भन्दा अहिले कार्यगर्न सहज भएको भन्दै मापदण्डलाई आधार बनाई कसैको लोभ र लालचमा नपरि कार्य गर्नका लागि आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले आस्था र राजनीतिको आधारमा नभई वास्तविक भुकम्प पीडितहरुलाई अझ पीडित बनाउने कार्यमा नलाग्न आग्रह गर्दै जिल्लाका १२ वटै स्थानीय तहको कार्यमा एकरुपता ल्याउने गरि सर्वेक्षकहरुलाई आग्रह गरे ।

तालिममा सिकेका बिषयवस्तुहरुलाई व्यवहारमा लागू गर्न र वास्तविक भुकम्प पीडितहरु नछुटाउन भन्दै कसैलाई काखा र कसैलाई पाखा नगरि कार्यमा एकरुपता ल्याउन र गुल्मी जिल्लामा भुकम्पका समस्याहरु नभएको जिल्ला बनाउने गरि कार्य गर्न कार्यबाहक जिल्ला समन्वय अधिकारी चोलराज शर्मा र कार्यवाहक जिल्ला समन्वय प्रमुख तुल्सी श्रेष्ठले आग्रह गरेका थिए ।

तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारमा नै लागुगर्ने र काममा एकरुपता ल्याउने १२ वटै स्थानीय तहका सर्वेक्षकहरुले प्रतिबद्धता व्याक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.