जीप दुर्घटनामा डिआइजी सहित तीनको मृत्यु, तीन घाइते

| 2018 Oct 27 | 04:28 pm 2176

काभ्रे, कात्तिक १०  काभ्रेकाे मण्डन देउपुर नगरपालिका–६ हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारी , पत्रकार जीवन पराजुली र विनाेद कार्की सहित तीन जनाको  मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

काभ्रे प्रहरीका एसपी रविराज खड्काले जानकारी दिए अनुसार डिआइजी शुशील भण्डारीकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको बताए ।

दुर्घटनामा  पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते हभएका छन् ।  घाइतेहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.