काभ्रेका रविन्द्रले गरे हजाराै वचतकर्ताको कराेडाैं रकम हिनामिना

| 2023 Sep 17 | 12:03 pm 2165

– ग‍ोविन्द चौलागाईं

काठमाडाैं, भदाै ३१ । काभ्रे जिल्लाको अति विकट क्षेत्र भनेर चिनिने चौंरीदेउराली गाउँपालिकामा जन्मिएका रवीन्द्र चौलागाईं अहिले देउराली सहकारीको नामबाट चर्चाकाे शिखरमा रहेका छन्।

लामो समयदेखि देउराली सहकारीका सञ्चालक रहदै आएका रवीन्द्रले विभिन्न बहानामा बचतकर्तालाई ठगी धन्दा चलाउने गरेका एक माहिर खेलाडी हुन। जसले उपत्यकाको हजांरौ व्यक्तिहरुलाई सहकारीको नामबाट ठगी गर्दै आएकाे खुलासा भएकाे छ।

३८ वर्षिया रबिन्द्र काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं ६ काे गरिब किसान परिवारमा जन्मिएका हुन। चप्पल पट्काउदै काठमाडौं छिरेका रवीन्द्र अहिले चार कराेडको गाडी चड्ने हैसियत कहाँबाट आयो र कसरी भयाे ?

त्याे सबैले सहजै पत्ता लगाउन नसक्ने कुरै भएन। गरिबले छाक काटेर बचत गरेकाे रकमले अहिले चौलागाईंले गाडी मात्र हाेइन लाखाैंका माेबाइल,घडी र सिक्री लगाएर माेज मस्तिमा रमाउँदै आएका छन्।

वर्षमा करिब दुई महिना मात्रै खानपुग्ने काभ्रेको बोक्से खाल्डेमा जन्मेका रवीन्द्रले ललितपुरमा सहकारी सञ्चालन गरि करिब २५ हजार गरिब जनतालाई घरवास बिहिन बनाएका छन्।

सहकारीको नाममा लामो समय देखि ठगी धन्दा चलाउँदै आएका चौलागाईंको आर्थिक छलाङ देखेर केही समय अगाडि उनका नातेदार  समेत तिन छक्क परेकाे काभ्रे बोक्सेका एक स्थानीय बासिन्दाले बताएका छन्।

सहकारीको नाममा ठगि धन्दा चलाउँदै आएका काभ्रेका चौलागाईंले उनको गाउँको नाममा देउराली सहकारी दर्ता गरि ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय राखी ठगी धन्दा चलाउँदै अकुत सम्पति कमाएको स्थानीय बासिन्दाले दाबी गरेका छन्। चौलागाईंलाई सहकारीको ठगी धन्दामा उनकी धर्मपत्नी पुजा (खत्री) चौलागाईंले समेत साथ दिने गरेकाे खुलासा भएकाे छ।

करिब २५ हजार गरीबको पसिनामा रजाइँ गर्दै आएका चौलागाईं खत्री दम्पतीलाई ती गरिबका आँसुले के नपोल्ला र? काभ्रेपलान्चोक जिल्लामै समाजबाट बहिष्कार जस्तै बनेका चौलागाईंले हाल दुनियाँले रगत पसिना बगाई खाई नखाई बचत गरेको रकम बचाउन राखेकाे रकम अहिले गोहिको आशु झार्दै विभिन्न मिडियाहरुमा आर्थिक नजरना बुझाई चोख्खीन ख‍ोजेको एकजना बचतकर्ताले बताए।

चौलागाईंले हाल बुलेट प्रुफ गाडी चढ्दै हिड्ने गरिब बचतकर्ताको बचत फिर्ता नगर्ने उदेश्यका साथ लागि परेका ललितपुर ठेचोकि लक्ष्मी लामा बताउँछिन्।

चौलागाईंका एक कर्मचारी रिसाँउदै भन्छन् काभ्रेमा ढिंडो खान नपाएको धुर्तले गरिब जनताको रकम जम्मा गराउँदै सहकारीक‍ो अरबौ रुपैयाँ अपचलन गरि बेलुका गरिबकाे पैसाले मदिरा र सुन्दरीसँग मोजमस्ती गर्ने चौलागाईंकाे मर्ने बेलामा किरा परेर मर्छ हाेला भन्दै आक्राेस व्यक्त गरेका छन्।

उनले केही समय अगाडि काभ्रे आउँदा गत चुनाबमा राष्ट्रिय डनका उपाधि पाएका ललितपुरका मीनकृष्ण महर्जनलाई २ करोड रुपैयाँ दिएको बताउँदै हिडेका छन्। भने काभ्रेका डन गणेश लामा मेरो दाहिने हात हो उसलाई मेरो सुरक्षाको लागि करिब १५ करोड दिएको छु चौलागाईंले उनका निकटहरुलाई बताउँदै हिड्ने गरेका छन्।

करिब २५ हजार गरिबहरुको पसिनामाथी मोज मस्ति गर्दै चौलागाईं हाल विभिन्न होटल वुक गरि सुरासुन्दरी र मदिरामा व्यस्त हुनेगरेका उनकै एक कर्मचारीले नाम नछपाउने शर्तमा बताए।

यति मात्रै होइन देउरालीका अध्यक्ष चौलागाईंले हाल काठमाडौंका प्रहरी प्रबक्ता समेत रहेका कुमुद ढुङ्गेल र सातदोबाटोका इन्सपेक्टर सुभास केसीलाई लाखौं बुझाएकाे आरोप लगाउँदै हिडेका छन्।यस विषयमा बुझ्दा उनिसँग उठबस गर्ने एक कर्मचारीले भने त्यो कुरा हो पैसा मैलेनै दिएको ह‍‍‍ो तर झोलामा कति थियो थाहा भएन।

त्यतिमात्र हाेइन उनले केही मन्त्रीलाइ समेत प्रभावमा पारेर बचतकर्ताकाे रकम तत्काल नदिने तयारी गरिरहेकाे एकजना उनका विश्वास पात्रले बताएका छन्। उनले भने अरूलाइ दिने पैसा गरिब बचतकर्तालाइ दिदा राम्राे हाेला भनेर आफुले धेरै पटक भनेपछि आफ्नाे सम्बन्धमा समेत चौलागाईंसँग फाटाे आएकाे बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.