काठमाडौं- ३ (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

| 2022 Nov 22 | 01:09 pm 1397

काठमाडौं, मङ्सिर ६ः काठमाडौं क्षेत्र नं ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार ४१५ मत पाएका छन् ।

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार ९३३ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार २७६ मत पाइन । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.