काठमाडौं १६ का वडाध्यक्ष रिजालको डेंगुका कारण निधन

| 2023 Sep 07 | 09:09 am 2525

काठमाडौं, भदाै २१ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालको डेङ्गुका कारण निधन भएको परिवार स्रोतले जनाएको छ ।

वडाध्यक्ष रिजालको आज  बिहान टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रिजाल नेपाली कांग्रेस काठमाडौं  क्षेत्र नम्बर ७ का  क्षेत्रिय सभापति समेत हुन् ।

रिजाल दोस्रो कार्यकालका लागि  निर्वाचित भएपछि  फोहोर व्यवस्थापनको विषयमा दिएको विश्लेषण सहितको  अभिव्यक्ति निकै चर्चामा आएको थियो ।

सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.