काठमाडौं सहित आसपासका जिल्लामा भुकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 Mar 18 | 10:16 am 1922

काठमाडौं, चैत ४ : काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज (सोमबार) बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताए । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।

०७२ सालको गोरखा केन्द्रबिन्दु भएरखगएको भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.