काठमाडौं, जेठ १६ः दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।
नवनिर्वाचित प्रमुख वालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहित ३२ वडाका वडाअध्यक्ष र सदस्यहरु बैठकमा सहभागी छन् । बैठकमा परिचयात्मक कार्यक्रमसंगै ७ वटा एजेण्डा पेश भएको छ।