काठमाडौं, असार ३० : काठमाडौं महानगरपालिका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोती घुससहित पक्राउ परेका हुन् ।
कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।