काठमाडौं, भदाै २०ः काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिने क्रममा सोमबार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको छ।
महानगरका नगर प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रमा रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटललगायतका संरचनाहरू हटाइएको छ। महानगरले अवैध संरचना हटाउन पटक-पटक आग्रह गरे पनि बेवास्ता गरेको भन्दै टोली गोंगबु पुगेको हो।
महानगरले यसअघि कोटेश्वर, बानेश्वर, न्युरोड, त्रिपुरेश्वरलगायतका क्षेत्रका अनधिकृत संरचना हटाइ सकेकाे छ ।