काठमाडौं उपत्यकामा श्रृङ्खलाबद्ध मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

| 2022 Nov 27 | 07:10 pm 1249

काठमाडौं, मंसिर ११ः काठमाडौं उपत्यकामा श्रृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा पाकिंङ गरी राखिएको मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट बुढामगरलाई भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पाकिंङ स्थलबाट चोरी भएको यामाहा कम्पनीको एफजेड मोटरसाइकल सहित पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

थप अनुसन्धान गर्दा उनले विभिन्न मितिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पाकिंङबाट रोयल ईन्फिल्ड कम्पनीको क्लासिक ३५० १ थान, २२० सिसिको पल्सर मोटरसाइकल १ थान, १५० सिसिको पल्सर मोटरसाइकल १ थान गरी अन्य ३ थान मोटरसाइकल चोरी गरेको भन्ने खुल्न आएको छ ।

उनलाई १ थान मोटरसाइकल सहित थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाइएको तथा अन्य ३ थान मोटरसाइकल आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको साथै उनले अन्यत्र स्थानबाट समेत मोटरसाइकल चोरी गरेको हुनसक्ने तर्फ अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.