काठमाडौं, जेठ ४ : पश्चिमी न्यूनचापीय प्रणालीको असरले आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडी जिल्लामा साँझपख पानी पर्ने मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिएका छन् । आज पश्चिमको मौसम खुल्ने सम्भावना निकै कम रहेको उनले बताए ।
अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरी बताससहित पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।
अरु ठाउँको मौसम भने सफा नै रहने जनाइएको छ । पश्चिमको मौसम दिनभरी बदली भए पनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताए ।