काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

| 2018 Dec 20 | 04:10 pm 1672

काठमाडौँ, पुस ५ : भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थानमा पक्का गरेको हो।

शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ । यसअघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ । ललितपुर र भैरहवा उपाधिको लागि आगमी शनिबार खेल्ने छन् । यो हारसँगै काठमाडौं ईपीएलबाट बाहिरीएको छ ।

काठमाडौंले प्रस्तुत गरेको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउँदै प्राप्त गरेको हो । भैरहवाको जितमा रायन टेन डेस्काटेले उत्कृष्ट ब्याटिङ गरे । १२.३ ओभरमा प्रदीप साहुले सांसद शेखको हातबाट क्याच गराउनु अघि डेस्काटेले ३८ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाए ।

त्यस्तै रविइन्दर सिंहले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रनमा आउट भए । रविइन्दर सिंहलाई १४.५ ओभरमा सांसद शेखले सिद्धान्तको हातबाट क्याच गराए । पहिलो विकेटका रुपमा तेस्रो ओभरमा अन्तिम बलमा ओपनर प्रदीप ऐरीलाई ३ रनमा भैरहवाले गुमाएको थियो । प्रदीपलाई सिद्धान्त लोहनीले रन आउट गराए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.