काठमाडौंमा राजस्वले छापा हानेपछि तस्करको भागाभाग

| 2020 Aug 20 | 01:08 pm 2053

काठमाडौं, भदौ ४ः विगत लामो समयदेखि प्रहरीसँगको मिलेमतोमा भारतदेखि काठमाडौंसम्म सुटिङ्ग सटिङ्गका सामान तस्करी गर्दै आएको तस्करको एउटा गाडीलाई राजस्वले छापा हानेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार राजेश कुमार गुप्ता (राजेश बिहारी) भनेर चिनिने गुप्ताले भारतबाट भन्सार छलिगरी सामान ल्याउने गरेका थिए ।

करिब डेढ हप्ता अघि भारतबाट ट्रकमा हेलमेट लोड गरेर त्यस भित्र सुटिङ्ग साडी राजस्व छलि गरेर ल्याएको कुरा विशेष सुराकीबाट पाएपछि राजस्वले छापा हान्दा एक करोड भन्दा माथिको साडी बरामद गरिएको थियो ।

एक पटक सामान काठमाडौं भित्राउने राजेश गुप्तालाई सन्तोष जलान र नवराज वस्तीले व्यापारीको गोदाममा सामान पुर्याउन सहयोग गर्ने गरेको बुझिएको छ ।

यसरी तस्करी गर्ने गिरोहमा बीरेन्द्र कुशहवा, मानेज गुप्ता रहेका छन् । राजस्वले छापा हानी सकेपछि गीरीधारी अग्रवाल, अनिल अग्रवाल, रंजित गुप्ता, बीरेन्द्र कुशहवाको अफिस सिल गरिएको छ ।

तस्करको सामान खरिद गर्ने व्यापारी कहाँ पुर्याउन महानगरीय प्रहरी वृत्त जनसेवाका जवान सादा पोशाकमा लामो समयदेखि काम गर्दै आएका प्रहरी जवान डील्लीराज भण्डारी खट्ने गरेको समाचार स्रोतको दाबी छ ।

भारतबाट भन्सार छलिगरी ल्याएका महंगा सटिङ्ग सुटिङ्गका सामान इन्द्रचोकमा व्यवसाय गर्ने गीरीधारी अग्रवाल, अनिल अग्रवाल महाबौद्धका बीरेनद्र गुप्ता, नरेन्द्र गुप्ता, रीता अग्रवाल र प्रमोद अग्रवालले खरिद गर्ने गरेको समाचार स्रोत बताउँछ ।

राजस्वले छापा हानेपछि ८५ लाख धरौटी कायम गरी पक्राउ पुर्जी जारी गरेपछि तस्कर फरार रहेका छन् । वीरगंजका रजनिश गुप्ता लगायतका तस्करहरु फरार रहेका छन् ।

फरार रहेका तस्करलाई राजस्वले खोजी गरी रहेको बुझिएको छ । काठमाडौंको मुटु मानिने हनुमान ढोका आसपासका एरियामा मध्य रातमा हुने तस्करीमा माथिल्लै तहको आशिर्वाद प्राप्त भएको हुनसक्ने अनुमान लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.