काठमाडौं, जेठ ३ : आज शुक्रबार धादिङ, काठमाडौं लगायतको केहि जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प धक्का महशुस भएकाे हाे ।
धादिङको कुम्पुर केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।