काठमाडौं, कात्तिक ११: काठमाडौं गुर्जुधारामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्। मृत्यु हुने मकवानपुरका २५ वर्षीय अंकित तामाङ रहेका छन् ।
कलंकीबाट थानकोट तर्फ गइरहेको बा ५ ख ५० २५ नम्बरको ट्रक सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँएर गम्भीर घाइते भएका चालक तामाङको उपचारका क्रममा ओम समाज अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
उक्त दुर्घटनामा घाइते भएका सहचालकको उपचार भैरहेको प्रहरीले जनाए ।