काठमाडौंमा कोरोना भइरसको आशंकामा चार जना अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2020 Jan 26 | 11:03 am 1521

काठमाडौं, माघ १२: चीनमा कोरोना भाइरसले आतंक मच्चाई रहेकोबेला काठमाडौंमा संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको छ ।

शुक्रबार कोरोना भाइरसको संक्रममणको आशंकामा दुई जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन् ।

रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि पुस २८ गते शुक्रराज अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

चीनको बुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज भएपनि चिकित्सकको नियमित निगरानीमा राखिएको छ ।

संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय युव शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।

त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.