काठमाडौंबाट पाँच किलो चरेशसहित दुई जना प्रहरी नियन्त्रणमा

| 2023 Sep 30 | 06:47 pm 2361

काठमाडौं, असोज १३ ।  पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१६ कालधाराबाट पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्। उनीहरुको साथबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.