काठमाडौंको ९ (ख) मा देवेन्द्रको चर्चा

| 2022 Sep 25 | 02:54 pm 1725

काठमाडौं, असोज ९ः विगत लामो समयदेखि नेपाली कांग्रेसमा सकृय युवा नेता देवेन्द्र गिरीले आगमी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्ने इच्छा नेतृत्व समक्ष राखेका छन् ।

२०५८ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसमा सकृय रहेका गिरीले काठमाडौं क्षेत्र नं.९ को प्रदेश सभा (ख) बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

२०७२ सालमा नागार्जुन नगरपालिका वडा नं. ७ को सभापति बनेका गिरी त्यस अघि २०६३ र ६३ को ऐतिहासिक जनआन्दोलनमा सकृय सहभागिता मात्र नभएर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

समाजसेवा र नेपाली कांग्रेसको संगठन विस्तारका लागि अहोरात्र खट्ने गिरी क्षेत्र नं. ९ को (ख) मा सबै भन्दा लोकप्रिय नेता हुन् ।

२०६४ र २०७० सालको निर्वाचनमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी नेपाली कांग्रेसका उम्मेदवार ध्यान गोविन्द रंजितलाई जिताउन सकृय भूमिका निर्वाह गरेका युवा नेता देवेन्द्र गिरी त्यस क्षेत्रमा असहाय गरिबको बैशाखी बन्दै आएका छन् ।

२०७२ सालको भुकम्पमा गिरीले गरेको सेवा र सहयोगका विषयमा त्यस क्षेत्रका जनताले अहिले पनि सम्झने गरेका छन् । कोभिड १९ ले संसारलाई आतंकित बनाएका बेला युवा नेता गिरीले आफ्नो ज्यानको प्रवाह नगरी जनताको रोग र भोक निदान गर्न रातदिन नभनेर खटेका थिए ।

युवा नेता गिरी आफ्नो प्रदेशमा मात्र नभएर चन्द्रागिरी नगरपालिकामा समेत चर्चित नेता हुन् । प्रदेश सभा (ख) बाट देवेन्द्र गिरी जस्ता जनताका सेवकले टिकट नपाए केका लागि राजनीति गर्ने भन्दै कार्यकर्ताहरुले नेतृत्वलाई प्रश्न गरेका छन् ।

नागार्जुनका एक क्षेत्रिय प्रतिनिधिले रिपोर्ट नेपालसँग कुरा गर्दै देवेन्द्र गिरी लामो समय देखि राजनीति र समाजसेवामा लागेको व्यक्ति भएकोले नेतृत्वले सकृयताको मुल्याङ्कन गरी टिकट दिनुपर्ने बताए । उनले रिपोर्ट नेपाललाई नक्कली जोगीले बढी खरानी घस्छ भनेझैं आफूहरुले चिन्दै नचिन्नेहरुले टिकटको दावा गर्नु भनेको कार्यकर्ताको अपमान गरेको ठहर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.