काठमाडौंको यी क्षेत्रमा गरियो सिल

रिपोर्ट नेपाल | 2020 Aug 13 | 02:37 pm 2524

काठमाडौं, साउन २९ः कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी क्षेत्र सील गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको बताइएको छ ।

स्थानियवासी, स्थानीय क्लब, वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका पसलहरू बन्द गरिएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ । कोटेश्वर, न्यूरोड, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.