काठमाडौंको तीनकुनेबाट पेस्तोल सहित ७ जना पक्राउ

| 2018 Aug 20 | 05:59 pm 1943

काठमाडौँ,  भदौ ४ : राजधानीको तीनकुनेस्थित एक रेष्टुरेण्टबाट एक थान पेस्तोल सहित सात जना हतियार कारोबारी पक्राउ परेका छन् । बिमस्टेक सम्मेलनका लागि प्रहरी सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् ।

‘एक पेस्तोल सहित सात जनालाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पक्राउ परेकाहरु बारे थप अनुसन्धान भइरहेको छ ।’

तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.