काठमाडौं, वैशाख २३: प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखको फेरबदल गरेको छ । प्रहरीको एक स्रोतले दिएको जानकारी अनुसार महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख बसन्त लामाको ठाउँमा केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीलाई ल्याइएको बुझिएको छ ।
सुवेदी नेपाल प्रहरी भित्र व्यवसायीक र कर्तव्यपालक प्रहरी अधिकृतका रुपमा परिचित छन् । पछिल्लो पटक एसएसपी लामालाई चेक बाउन्सको मुद्दा मात्रै हेर्ने गरेको आरोप लागेको थियो ।