काठमाडौं, फागुन २३ : काठमाडौंको हनुमान ढोका नजिकै नेपाली सेनाको साइडमा रहेको एक भवनमा भिषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका कर्मचारीहरुले प्रयास जारी गरिरहेका छन् भने विभिन्न स्थानका दमकल मगाइएको छ ।
उक्त आगलागी करिब १ः३० मा भएको र अहिलेसम्म आगलागी नियन्त्रणमा नआएपछि विभिन्न स्थानबाट पानी ट्यांकर पनि मगाइएको छ । आगलागी के, कसरी भयो भन्ने खुल्न सकेको छैन यसको विस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।