काठमाडौंका लागि खटाइएका एसएसपी सिंह को हुन् ?

रिपोर्ट नेपाल | 2020 Nov 20 | 05:17 pm 8112

काठमाडौं, मंसिर ५ः प्रहरी प्रधान कार्यालयले काठमाडौंको सुरक्षा कमाण्ड गर्न प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहलाई खटाएको छ ।

नेपाल प्रहरी भित्र अत्यन्तै व्यवसायिक प्रहरी मध्ये गणना गर्न सकिने सिंह जहाँजहाँ नेतृत्व लिए त्यहाँ एक किसिमको रामराज्य भएको छ ।

प्रहरी निरीक्षक हुँदा सोह्रखुट्टे बसेर ठमेल जस्तो ठाउँलाई आमुल परिवर्तन गर्दै गुण्डागर्दीलाई निर्मुल पारेका थिए । प्रहरी नायब उपरीक्षक हुँदा बिग्रीसकेको साँगाको स्कुल सपार्नमा सिंहको ज्यादै महत्वपूर्ण योगदान रहेको छ ।

सिंह सोह्रखुट्टे बस्दा चर्चित गुण्डालाई पक्राउ गरेका समयमा तत्कालिन उपत्यका प्रमुख ओमबिक्रम राणाले गुण्डालाई छाड्न निर्देशन दिँदा नछोडेका कारण उनी महानिरीक्षक भएका समयमा बढुवा रोकेका कारण पछि पारिएका अधिकृत हुन् ।

गुण्डागर्दी आफ्नो शब्दकोष भित्र नरहेको बताउने सिंहले धादिङ र कास्कीको प्रमुख रहँदा गुण्डागर्दी र अवैध ढुङ्गाबालुवा खानी बन्द गराएका थिए ।

कास्कीमा कहिल्यै मिटरमा नचल्ने ट्याक्सीलाई मिटरमा चलाउनुको साथै लागू दुर्व्यसनीको अखडा मानिने पोखरा शहरलाई दुर्व्यसनी मुक्त शहर बनाएका थिए ।

उनी जहाँजहाँ कमाण्ड गर्छन त्यहाँ अवैध कार्य गर्ने र गुण्डागर्दी गर्नेको निद हराम हुन्छ भने न्यायप्रेमी खुसीले गदगद हुने गरेका छन् ।

काठमाडौंमा उनी यस अघि एसपी हुँदा बसेर अनुभव सम्हालेका छन् भने सहायता कार्यदलको प्रमुख हुँदा काठमाडौंको गल्लीगल्लीको सबै कुरा बुझि सकेका प्रहरी अधिकृत हुन् ।

उनी आफ्नो कर्तव्यमा अशोक स्तम्भ जस्तै डगमग नगर्ने प्रहरी अधिकृतका रुपमा परिचित प्रहरी हुन् ।

उनको काठमाडौं सरुवाले काठमाडौं बासीले शान्ति सुरक्षाका साथ अमन चयनसँग आफ्नो गतिविधि गर्न पाउने छन् भने अपराध कर्म गर्नेहरु भागाभाग पर्ने कुरामा शंका गर्ने ठाउँ नरहेको उनीसँग धादिङ सँगै बसेका एक जुनियर प्रहरी अधिकृतले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.