काठमाडौँ,भदौ २८।काठमाडौं उपत्यकामा बुधबार रातिदेखि भारी वर्षा भइरहेकाले नदी क्षेत्रमा पानीको सतह बढेको छ । काठमाडौंका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र नदी किनारको सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले काठमाडौं उपत्यका भएर बग्ने मनोहरा खोलाले जलसतह सतर्कता तह पार गरिसकेको र वाग्मती नदी पनि जलसतह सतर्कता नजिक रहेकाले यस क्षेत्र वरिपरि बस्ने बासिन्दालाई बिहीबार बिहान १० बजेसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।
(कान्तिपुरबाट)