काठमाडौँ ३ मा कांग्रेसका चालिसे विजयी

| 2022 Nov 23 | 08:39 am 1933

काठमाडाैं, मंसिर ७ः काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। चालिसेले १५ हजार १ सय ५८ मत ल्याएर विजयी भएका हुन्।

नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै चालिसे विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

एमालेका राईले ११ हजार १ सय ९६ मत ल्याएका छन्। उनीहरूबीच ३ हजार ९ सय ६२ को मतान्तर छ। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षत्री ५ हजार ८ सय ६५ मत ल्याएर तेस्रो स्थानमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.