काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

| 2021 Sep 05 | 07:33 am 1677

काठमाडौँ, भदौ २०ः काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।

उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।

उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.