काठमाडाैं महानगरपालिकाकाे नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित

| 2023 Jul 14 | 05:01 pm 1589

काठमाडौं, असार २९ । काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र आ.व. ०८०।८१ को बजेट सर्वसम्मत पास भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरसभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो ।

महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।
महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

असार २१ मा बजेट पास गर्न बोलाएको वैठकमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले छलफल नगरी एकलौटी ढंगले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो ।

त्यसपश्चात २६ असारबाट सुरु भएको बजेट उपरको छलफल शुक्रबार सम्पन गरी नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.