घाँस काट्न गएकी युवतीको भिरबाट लडेर मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 10 | 03:03 pm 2239

बनेपा, असोज २४ : पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भिर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.