सिराहा, साउन २१ः सिराहाको लाहान नगरपालिका वडा नम्बर ५ गुदरी बजार स्थित महिनौदेखि फोहोर ब्यवस्थापनमा देखाएको उदासीनताका कारण शहर क्षेत्र नै प्रदूषित भएको थियो । करिब एक महिनादेखि जम्मा भएको फोहोर अन्ततः स्थानीय युवा नेता महेश चौधरीको नेतृत्वमा बजार ब्यवस्थापन समितीका अध्यक्ष लगायत पदाधिकारी र विभिन्न पार्टीका राजनीति दलका प्रतिनिधिहरुको सहभागीतामा फोहोर ब्यवस्थापन गर्न थालेका छन् ।

फोहोरको दुर्गन्धले बाटो हिडनेलाई नाक मुख छोपी हत्तपत्त बाटो काट्ने बाध्यता थियो भने वरिपरि रहेका पसलहरुमा ग्राहक समेत पातलिदै गएका थिए ।
सहिद चोक स्थित एक पसलेका अनुसार जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ जसले गर्दा ग्राहक पसल आउन मानेका छैनन् ।

गत वर्षको लकडाउन देखि नै सामाजिक कार्यमा समय बिताईरहेका नेता चौधरीले आफ्नो सहयात्री संगिता कर्माचार्यको साथ छुटेपनी उनले समाजसेवा छोडेका छैनन् । विपन्न वर्गलाई खाद्यान्न वितरण गरी चौधरी र कर्माचार्य मस जोडीको नामले चिनिएका थिए । हाल उनको जीवन साथीले साथ छोडे पनि चौधरीले आफ्नो संकल्प छोडेका छैनन् ।

युवा नेता चौधरीले भने, विभिन्न बहानामा फोहोर उठाउन छोड्नु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठूलो ठूलो सपना देखाउने मेयर साह वास्तविक रुपमा फोहरी नै रहेको यही फोहोरको डुंगुरले देखाएको छ ।