कागेश्वरीमा १३ जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2023 Jul 20 | 04:01 pm 1637

काठमाडौं, साउन ४ ।  कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले   १ लाख रूपैयाँ  र २ बुक ताससहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.