कागजपत्र नभएको स्कारपियो गाडी एपीएफ टोलीद्वारा बरामद

रिपोर्ट नेपाल | 2020 Feb 21 | 09:08 pm 1467

बारा, फागुन ९: जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट शुक्रबार कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ ।

बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.