कांग्रेस सहमहामन्त्री यादव वीर अस्पतालको भिआईपी कक्षमा

| 2023 Sep 07 | 04:56 pm 2253

काठमाडौं,  भदौ २१। बुधबार रिपोटर्स क्लवको साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ ।

नुवाकोट घर भएका श्याम सापकोटा साक्षात्कार कार्यक्रममा अगाडीको सिटमा बसेर सुनिरहेका थिए । कार्यक्रम सकिए लगत्तै सहमहामन्त्री यादवको पछि लागेका उनले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि तत्कालै घाइते यादवलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो ।

ट्रमा सेन्टरको आईसीयू कक्षमा उपचाररत उनलाई  वीर अस्पतालको भिआईपी कक्षामा सारिएको एक कांग्रेस कार्यकर्ताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.