काठमाडाैं, माघ १ः पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे संक्रान्तिकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले एक शुभकामना वक्तव्य जारी गरी देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाइ माघे सक्रान्तिकाे शुभकामना दिएका हुन् ।
शुभकामना वक्तव्यमा भनिएकाे छ, प्राचीन कालदेखि विभिन्न जातजातीहरूकाे बसाेबास गर्ने संगम स्थल हाे नेपाल । यहाँ विभिन्न भाषा, धर्म, सस्कृति र चाडपर्वहरूकाे आफ्नै विशिष्ट पहिचान छ र एकले अर्काकाे संस्कृतिलाइ आदर सम्मान गर्ने हाम्राे आफ्नै परम्परा छ ।
भाैगाेलिक, जातीय र सास्कृतिक विविधतामा रहेकाे नेपालमा मानाइने याे पर्वले आफ्नाे धर्म, संकृति, रितिरिवाज र परम्पराकाे संरक्षणमा लाग्न सबैलाइ प्रेरित गर्दै सामाजिक सदभाव बढाउन महत्वपूर्ण याेगदान पुर्याउँदै आएकाे छ । सबैकाे घर परिवारमा सुख, शान्ति र समृद्विकाे वातावरण सृजना गर्दै सामाजिक सदभाव अभिबृद्वि गर्न याे पर्वले सबैलाइ प्रेरित गर्न सकाेस भनी शुभकामना दिएका छन् ।
