काठमाडौँ, ६ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सातदिने विदेश भ्रमण स्थगित भएको छ । वर्तमान राजनीतिक अबस्थालाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको हो ।
मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आज (आइतबार) अपराह्न विदेश प्रस्थान गर्ने भ्रमण स्थगन गरेका पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेस स्रोतका अनुसार आईतबार सभापति देउवका उनको पत्नी आरजुको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा तयारीमा थिए ।