कांग्रेस संसदीय दलको बैठक शुरु, यी विषयमा हुँदैछ छलफल

रिपोर्ट नेपाल | 2018 Jul 04 | 11:55 am 3534

काठमाडौं, असार २०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बिहान साढे १० बजेबाट शुरु भएको बैठकमा समसामयिक विभिन्न पाँच एजेन्डामाथि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

बैठकमा अनसनरत गंगामायाको जीवन रक्षा, डा. गेविन्द केसीको माग सम्बोधन, मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारलाई कसरी दवाव दिने भन्ने बारे छलफल भइरहेको सांसद प्रकाश रसाइलीले जानकारी दिए । न्यायका लागि असनमा बस्ने नागरिकको माग सम्बोधन गरेर लोकतान्त्रिक चरित्र देखाउन कांग्रेसले सरकारलाई दवाव दिदै आएको छ ।

सांसद रसाइलीका अनुसार सभामुख र उपसभामुख मध्ये एउटा पद छाड्न सत्तासिन दललाई दवाव दिने विषयमा पनि छलफल भइरहेको छ । कांग्रेसले दुईमध्ये एक पद छाड्नु पर्ने भन्दै यसअघि पनि संसद्मा आवाज उठाउँदै आएको छ ।

यसैगरि आजको बैठकमा संवैधानिक अंगहरु खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्नका लागि सरकारलाई दवाव दिने बारेमा पनि छलफल भइरहेको छ । संसदीय सुनवाईलगायतका समिति बन्न नसक्दा संवैधानिक अंगहरुमा पदपूर्ति हुन सकेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.