काठमाडौं, असोज १२ः नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहले पार्टी सभापति शेरबहादुर देउवाले टिकट वितरणमा देखाएको रबाफका विरुद्ध पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।
पार्टी भित्र आन्तरिक लोकतन्त्र जंगबहादुर शैली भएको र आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्न समेत माग गरिएको छ । पार्टीमा दुःख पाएकालाई भन्दा आफ्ना श्रीमती र नातागोतालाई समानुपातिकमा राखिएको भन्दै त्यसलाई सच्चाउन नेतृत्व समक्ष माग समेत गरिएको छ ।
पार्टीको नेतृत्वबाट अन्यायपूर्ण व्यवहार भएको र त्यसलाई नसच्चाए त्यसबाट निस्कीने जस्तो सुकै परिणामको जिम्मेवार नेतृत्व हुने पनि आयोजकले बताएका छन् ।
सभापति देउवालाई जसरी तत्कालिन सभापति गिरीजा प्रसाद कोइराला र शुशिल कोइरालाले चालिस प्रतिशत दिएका थिए त्यही अनुरुप नदिए आन्दोलन देश व्यापी बन्ने धर्नामा सहभागी एक नेताल रिपोर्ट नेपाललाई बताए ।