कांग्रेस नेता सापकोटा द्वारा अग्निपिडितलाई सहयोग

रिपोर्ट नेपाल | 2024 Apr 26 | 02:21 pm 861

काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट ०९ मुसिकोट, गुल्मीका अग्नि पिडित लिल बहादुर वि क र कृष्ण बहादुर वि क लाई आर्थिक सहयोग रु १००००.००  (दश) हजार  रुपैया दुवै जनालाई पाँच, पाँच हजारका दरले सहयोग उपलब्ध गराएका छन् ।

२०८१/०१/०८ गते शनिबारका दिन भएको आगलागी बाट पीडित द्वय लिल बहादुर वि क र कृष्ण बहादुर वि क (अर्जुन ) लाई सहयोग गर्नको लागि रु १००००.०० दश हजार सोहि वार्डका वार्ड अध्यक्ष भुमा गुरुङ लाई हस्तान्तरण गरेका थिए।

कांग्रेस नेता सापकोटाले पीडित द्वय लिल बहादुर वि क र कृष्ण बहादुर वि क (अर्जुन ) लाई तन, मन र धनले सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

देश भरिनै आगोलागिका कारण जनजीबन अस्तव्यस्त भएको बेला हामी सबै नागरिक सचेत हुनुत पर्छनै साथै आगोलागिको रोकथाम र यस बाट शृजित समस्या को समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा स्थानीय , प्रादेशिक र संघीय सरकारको ध्यान पुग्न पनि जरुरी रहेको नेता सापकोटाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.