कांग्रेस नेता यादवमाथी धारीलो हतियार प्रहार

| 2023 Sep 06 | 03:21 pm 2725

काठमाडौं, भदाै २० । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रयोग गरी सांघातिकआक्रमण गरेको आरोपमा नुवाकोटका सुशिलबावु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोटर्स क्लब कार्यक्रम समाप्त गरी बाहिरीने क्रममा यादवमाथी धारिलो हतियारबाटआक्रमण भएको हो ।

आक्रमणपछि टाउकोको पछाडिको भागमा चोट लागेका यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यादवमाथी कुन रिसले आक्रमण गरिएको हो त्यो भने प्रहरीको अनुसन्धानले खुलाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.