कांग्रेस नेता भण्डारीलाई पितृ शाेक

रिपोर्ट नेपाल | 2020 Jun 09 | 09:41 am 2797

काठमाडाैं, जेठ २७ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभाका सदस्य डा चन्द्र भण्डारीलाई पितृ शाेक परेकाे छ । लामाे समयदेखि पिसाब सम्बन्धी राेगबाट पीडित भण्डारीका पिता इश्वरी प्रसाद भण्डारीकाे गएराति बुटवलमा निधन भएकाे हाे ।

भण्डारीकाे निधन प्रति गहिराे शाेक सन्देश जारी गर्दै नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलाेक्य प्रताप सेनले इश्वरी बुबा चन्द्र भण्डारीकाे परिवारकाे मात्र नभएर सिङ्गाे गुल्मेली प्रजातन्त्रवादीहरूकाे अभिभावक भएकाे भन्दै उहाँकाे निधनले अपुरणिय क्षति भएकाे जनाएका छन् ।

त्यस्तै नेपाली कांग्रेस गुल्मीका सचिव एवम् युवा नेता खिलध्वज पन्थीले पनि भण्डारीकाे निधनले एक कुशल अभिभावक गुमाएकाे बताएका छन् । नेविसंघ गुल्मीका संस्थापक अध्यक्ष बसन्तबहादुर भुजेलले गुल्मी कांग्रेसकाे सतिसाल ढलेकाे भन्दै स्वर्गीय भण्डारी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै गरी रिपाेर्ट नेपालका निर्देशक कृष्ण प्रसाद सापकाेटाले पनि भण्डारीकाे निधन प्रति दुःख व्यक्त गर्दै राजनीतिक अभिभावक गुमाएकाे बताएका छन् । भण्डारीका २ श्रीमती ५ छाेरा र १ छाेरी छन् । उहाँकाे छाेरामध्ये २०४६ सालकाे ऐतिहासिक जनआन्लाेलनका नायक फणिन्द्र भण्डारीकाे राजधानीमा अकल्पनीय मृत्यु भएकाे थियाे ।

स्वर्गीय इश्वरी प्रसाद भण्डारीका छाेरा मिन प्रसाद भण्डारी, डा चन्द्र भण्डारी, देवी भण्डारी, फणिन्द्र भण्डारी , हरिहर भण्डारी र डा शंकर भण्डारीले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.