कांग्रेस नेता भण्डारीको दशैं माझी र बोटे समुदायसँग

रिपोर्ट नेपाल | 2018 Oct 20 | 09:19 am 7760

गुल्मी, कार्तिक ३: नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्‍न माझी र बोटे समुदायसँग दशै मनाएका छन्। विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाएका हुन्।

नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका ग्रहण गरे भने आफूभन्दा सानालाई टिका लगाइदिएका थिए। टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गरेका छन्।

उनले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका बिद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गरेका हुन्।

यस्तै झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगिसमेत नेता भण्डारीले वितरण गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.