कांग्रेस नेता चन्द्र भण्डारी फेरी अस्पताल भर्ना

| 2023 Aug 16 | 05:17 pm 4289

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघिय सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । गत फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्याँस लिक भएर आगलागीमा परी घाइते भएका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।  नेता भण्डारीले आफू बुधबार अस्पताल भर्ना भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएकाे जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.