कांग्रेस नेता गुरूङलाई मातृशाेक

| 2021 Aug 18 | 01:34 pm 2169

 कास्की भाद्र २:  नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङलाई मातृशाेक परेकाे छ।पछिल्लो समय क्षयरोग बाट पिडीत ९२ वर्षिय पियारी गुरूङकाे पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएको हाे।
उपचारका क्रममा आमाकाे निधन भएको थाहा पाउना साथ कांग्रेस नेता गुरूङ पाेखरा पुगेका छन।स्वर्गीय गुरूङका चार छाेरा र एक छाेरी भए पनि छाेरीकाे २०५९ सालमै निधन भएको थियो ।
गुरूङकाे पार्थिव शरीरकाे अन्तिम संस्कार स्याङ्जाको अर्जुन चाैपारीमा गरिने बताइएको छ।आज २ गते गुरूङकाे परम्परा अनुसार अन्तिम संस्कार गरिने कुरा परिवार स्रोतले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.