काठमाडौं, जेठ १ः नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्ती निर्मला गच्छदारको को निधन भएको छ ।
कांग्रेस नेता गच्छदारकी पत्नी निर्मला को उपचारका क्र्ममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।
कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले निर्मला भाउजु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समबेदना ब्यक्त गरेका छ्न् ।