कांग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलाे दुर्घटना हुनबाट जोगायो

रिपोर्ट नेपाल | 2022 Jun 30 | 12:17 pm 2097

काठमाडौं, असार १६ः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको अडिएर दुर्घटना हुनबाट जोगिएको हो ।

ओखलढुंगाका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।

ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.