काठमाडाैं, जेठ २९ः सरकारकाे प्रमुख प्रतिपक्ष दलकाे रूपमा रहेकाे नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
खाँणका अनुसार शुक्रबार बस्ने बैठक दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्सेहलमा बस्नेछ। बैठकले अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे रणनीति तयार हुने बताए।
याे भन्दा अघि बसेको केन्द्रीय समितिको बैठकले सरकार कोरोना नियन्त्रणमा असफल भएको बताउँदै संसदमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो। यसका साथै कांग्रेसले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावमा समर्थन जनाउने निर्णय गरिसकेको छ।