कांग्रेसकाे विरोध पछि प्रदेश ३ को बैठक पनि स्थगित

| 2018 Jul 19 | 05:22 pm 2069

हेटैडा असार ३ : नेपाली कांग्रेसको अवरोधपछि प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसले संसद चल्न नदिने जनाएपछि बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको हो।

बिहीबार दिउँसो २ बजे बैठक शुरु भए लगतै विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी प्रवृतितर्फ उन्मुख भएकोले संसद चल्न नसक्ने बताएका थिए।

उनले प्रदेश ३ मा भुकम्प प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले केही सम्बोधन गर्न नसकेको, संविधान विपरीत बजेट वक्तव्यमा जनयुद्ध शव्द प्रयोग गरेको, अनावश्यक ढंगबाट कर बढाएर भूकम्प पीडितमाथि आर्थिक भार बढाएको, उद्योग वर्ष घोषणा गरेपनि राहतको कुनै प्याकेज ल्याउन नसकेको लगायतका विषयहरू उठान गरेका थिए। त्यस लगतै कांग्रेसका प्रदेशसभा सदस्यहरू उठेर अवरुद्ध गरेपछि सभामुख सानूकुमार श्रेष्ठले प्रदेशसभा स्थगित भएको जनाएका थिए।

बिहीबारको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दिपक निरौलाले अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने, मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को सेवा तथा सुविधासम्बन्धी विधेयकमा प्रदेश मामिला समितिले बनाएको प्रतिवेदन समितिका सभापति माधवप्रसाद पौडेलले सभामा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.