काठमाडौं, पुस ६: प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साेमबार सर्वदलीय बैठक बोलाएको छ।
साेमबार दिउँसो ४ बजे सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्। सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुलाई बोलाइएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने भएको छ।