काठमाडौँ, साउन १ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले सरकारका पछिल्ला निर्णय र गतिविधिका विरुद्ध ३ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।
आन्दोलनका मुख्य मुद्दा चिकित्सा शिक्षा विधेयक रहेको छ । सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ।
कहिले कहाँ के गर्दैछ ?
साउन ३ गते : संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध, प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुस प्रदर्शन
साउन ५ गते : तरुण दलको नेतृत्वमा नेतृत्वमा राजधानीमा प्रदर्शन
साउन ६ गते : राजधानीमा सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया
साउन ८ गते : भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको संयुक्त नेतृत्वमा प्रदर्शन
साउन १५ गते : ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन